Rule 116
आजीवन पारिवारिक वृत्ति
विद्यालयको कामको सिलसिलामा काज खटी गएको अवस्थामा दुर्घटनामा परी वा त्यसको कारणबाट निको नहुँदै पछि कुनै शिक्षकको मृत्यु भएमा निजको विधुर पति वा विधुवा पत्नीलाई त्यस्तो शिक्षकले पाउन सक्ने न्यूनतम निवृत्तभरणको पचास प्रतिशतले हुन आउने रकम आजीवन पारिवारिक वृत्ति स्वरुप दिइनेछ ।